समाचार

एउटा फोटो फेसबुकमा हाल्दा भर्खरै चर्चित र्‍यापर ‘भिटेन’ पक्राउ

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।
उनी अहिलेका लोकप्रिय र्‍यापरहरु मध्ये एक हुन् । यद्यपि उनी बारम्बार विवादमा पनि आइरहने गर्छन् ।

भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।

प्रहरीले केहीदिनअघि मात्र बीच बीचमा बोलको गीत गाएर चर्चामा आएका दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो । थापाकाे गीतमा धुमपान, मा दक प दार्थ, ला गूऔ षध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । थापाले विवादित उक्त गीत युट्युबबाट हटाएका छन् ।

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले थापालाई समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापा आलाेचितसमेत बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *